प्रतिनिधि सभाको बैठक आइतबार बस्ने

काठमाडौं, १२ असार । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ।

यसअघि बैठक असार १३ गते शनिबार बिहान ११ बजेका लागि तय गरिएको थियो। तर विशेष कारणवश सो समयमा बैठक बस्न नसक्ने भएपछि बैठक असार १४ गते आइतबारका लागि सारिएको हो।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्ने गरी बैठकको नयाँ मिति निर्धारण गरेका छन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई ध्यानमा राख्दै बैठक शुक्रबारबाट शनिबारका लागि सारिएको थियो। शनिबार पनि विपक्षी दलका विभिन्न कार्यक्रम परेकाले बैठक पुनः आइतबारका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्