अख्तियारको प्रभावकारितामाथि झाँक्रीको प्रश्न

काठमाडौं, १२ असार । राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्री ले संवैधानिक निकायहरूको हैसियत किन गुम्यो भन्ने प्रश्न गरेकी छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) जस्ता संवैधानिक निकायले आफ्नो अधिकार र प्रभावकारिता किन कमजोर बनायो भन्ने प्रश्न उठाएकी हुन्।

उनले सार्वजनिक पदमा रहेका वा रहिसकेका सबै व्यक्ति वा पदाधिकारीलाई कुनै पनि विषयमा बोलाएर सोधपुछ, अनुसन्धान र बयान गराउन सक्ने अधिकार भएको निकायले व्यवहारमा आफ्नो भूमिका किन प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको भन्दै प्रश्न गरेकी छन्।

झाँक्रीले बहालवाला प्रधानमन्त्रीमाथि समेत अनुसन्धान गर्न सक्ने संवैधानिक हैसियत भए पनि अहिले त्यस्तो अवस्था किन कमजोर देखिएको भन्ने प्रश्न उठाएकी छन्।काठमाडौं, १२ असार ।

प्रतिक्रिया दिनुहोस्