रास्वपामा गुटबन्दीको प्रयास भएको भन्दै कारबाही गर्न मनिष झाको आग्रह

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको आरोप लगाउँदै त्यसमा संलग्नलाई कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।

शुक्रबार चितवनमा जारी महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै झाले संस्थापन पक्ष एकजुट भएको दाबी गर्दै गुटबन्दीको प्रयास गर्नेहरूमाथि कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले भने, “संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न।”

महामन्त्री पदका उम्मेदवार झाले महाधिवेशन प्रतिनिधिहरूबाट आफूले सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै निर्वाचन परिणाम पनि आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस्