रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका छन् ।

पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन ।

केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो ।

तीन दिनमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको पार्टीको महाधिवेशन छैटौं दिनसम्म लम्बिएको छ। यसले सहभागिहरुलाई समय र खर्च व्यवस्थापनमा समस्या परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्