काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि २ हजार ९५९ मत खसेको छ।

पार्टीका अनुसार केन्द्रीय सदस्यका लागि भएको मतदान केही समयअघि सम्पन्न भएको हो। हाल मतदानसम्बन्धी मुचुल्का तयार गर्ने काम भइरहेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

मुचुल्का पूरा भएपछि छिट्टै मतगणना सुरु गरिने बताइएको छ।

केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएपछि आजै पार्टीका पदाधिकारी चयनका लागि पनि मतदान प्रक्रिया अघि बढाइनेछ।

नेता मनिष झाका अनुसार आज खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीका लागि मतदान हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्