चितवनको भरतपुरमा रास्वपाको बन्द सत्र सुरु

काठमाडौं, ९ असार । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र आजदेखि सुरु भएको छ।

यसअघि हिजो नै सुरु हुने भनिएको बन्द सत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएपछि आजदेखि औपचारिक रूपमा सञ्चालन गरिएको हो।

बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू सहभागी भएका छन्।

तर पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह भने बन्द सत्रमा उपस्थित नभएको जनाइएको छ।

बन्द सत्रमा पार्टीको संगठनात्मक विषय, आगामी राजनीतिक रणनीति तथा आन्तरिक संरचनासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्