पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित

काठमाडौं, ९असार । पूर्व उपप्रधानमन्त्री तथा विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा उपस्थित गराइएको छ।

विभागका अनुसार, सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट सँग शंकास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागको सिफारिसमा उनलाई सोमबार सुर्खेत बाट पक्राउ गरिएको थियो।

पक्राउपछि उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। मंगलबार केही समयअघि माइक्रोबसमार्फत विभागमा ल्याएर बयानका लागि उपस्थित गराइएको स्रोतले जनाएको छ।

यस विषयमा विभागले अनुसन्धान जारी रहेको जनाएको छ भने आरोपबारे थप विवरण सार्वजनिक गरिएको छैन। साथै, पौडेल वा उनका प्रतिनिधिको आधिकारिक प्रतिक्रिया हालसम्म प्राप्त भएको छैन।

अनुसन्धान प्रक्रिया जारी रहेकाले सम्बन्धित निकायबाट आधिकारिक पुष्टि तथा थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्