राहुल केसी रास्वपा केन्द्रीय सदस्य पदका उम्मेदवार, युवा नेतृत्वमा दाबी
काठमााडौं, ८ असार । युवा तथा मानवअधिकारका क्षेत्रमा सक्रिय राहुल केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
लुम्बिनी प्रदेशको भूगोलबाट केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन लागेको उनले बताएका छन्। केसीका अनुसार उनले लामो समयदेखि युवा सशक्तीकरण, सामाजिक न्याय र नागरिक सहभागितासम्बन्धी क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन्।
राहुल केसी ले पार्टीभित्र युवाको प्रतिनिधित्व र नीति निर्माण प्रक्रियालाई थप सशक्त बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी को चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ।
महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन र संगठनात्मक संरचना विस्तार हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्