शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रास्वपा केन्द्रीय सदस्य पदमा उम्मेदवार

काठमााडौं, ८ असार ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चितवनमा जारी पार्टीको पहिलो महाधिवेशन अन्तर्गत उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई अझ सशक्त बनाउन इमानदार भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्दै सबैको विश्वास र समर्थनको अपेक्षा गरेका छन्।

“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु,” उनले लेखेका छन्, “पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित तपाईंहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु।”

राष्ट्रिय स्वतन्त्र पार्टी को चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन र संगठन विस्तारका लागि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्