लुम्बिनी प्रदेश सभा बैठक एक दिनका लागि स्थगित, असार ९ मा बस्ने
काठमााडौं, ८ असार । लुम्बिनी प्रदेश सभाको आज सोमबार बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको छ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार दिउँसो १:०० बजे बस्ने भनिएको आठौं अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो।
सभामुखको निर्देशनअनुसार बैठक स्थगित गरी असार ९ गते मंगलबार दिउँसो ३:०० बजेका लागि पुनः निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सूचनामा उल्लेख भएअनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगन गरिएको हो।









प्रतिक्रिया दिनुहोस्