अमरेशकुमार सिंह पार्टी महाधिवेशनमा किन गएन्न ?
काठमााडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा भव्य उद्घाटन भयो आज बन्द सत्र चल्दै छ ।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।
साथै निर्वाचन प्रक्रिया पनि अघि बढ्ने छ । रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अनलाइनखबरलाई जानकारी दिए ।
बन्दसत्र बिहानैदेखि चल्ने भनियता पनि अझै यो समाचार तायार पार्दासम्म सरु भएको छैन । यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रुपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ । यद्यपि निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।पार्टीको पहिलो महाधिवेशनको ऐतिहासिक क्षणको साक्षी बन्न चितवनमा हजारौं कार्यकर्ता र समर्थकहरूको उपस्थित थिए।
स्थापनाको चौथो वर्ष मनाइँरहँदा झन्डै दुई तिहाई बहुमतसहितको सत्तारूढ दलका हैसियत बनाएको रास्वपाका लागि पहिलो महाधिवेशन धेरै कारणले महत्त्वपूर्ण रहन्छ।
यही महत्त्वपूर्ण घडीमा रास्वपाका चर्चित सांसद भने अनुपस्थित रहे।
सर्लाही(४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा देखिएनन्।
सिंह महाधिवेशनमै सहभागी नभएको उनका स्वकीय रञ्जित झाले जानकारी दिए। उनका अनुसार सांसद सिंह काठमाडौंमै छन्।
ुअहिले उहाँ काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको थाहा भएन,ु झाले भने।
सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आएका छन्। सार्वजनिक रूपमै पनि उनले असन्तुष्टि पोखेका थिए। संसदमा पनि उनले सरकारको काम कारबाहीबारे असन्तुष्टि पोखेका थिए। यसले पार्टीभित्र उनको असन्तुष्टलाई सबैले आश्चर्यमा पारेको छ ।









प्रतिक्रिया दिनुहोस्