सरकारबारे रवि लामिछानेको टिप्पणी: “झुक्किएर बल आए पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो”
काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहसँग भएको राजनीतिक सहमति कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन्।
पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनको जिम्मा बालेन शाहकै हुने स्पष्ट गरे।
“सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,” लामिछानेले भने। उनले थपे, “झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।”
उनका भनाइ अनुसार सहभागीहरूले तालि बजाएर समर्थन जनाएका थिए।
लामिछानेले आलोचकहरूलाई संकेत गर्दै भने, “यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु।”









प्रतिक्रिया दिनुहोस्