रास्वपा महाधिवेशन उद्घाटन सत्र सुरू, बालेन र रवि लामिछाने छाता ओढेर पुगे

काठमााडौं, ७ असार । चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को पहिलो महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।

सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख बालेन शाह कार्यक्रम स्थलमा पुगेसँगै उद्घाटन सत्र औपचारिक रूपमा सुरू भएको हो।

कार्यक्रमस्थलमा पानी परिरहेको कारण दुवै नेता छाता ओढेर चौरमा पुगेका थिए। केही बेरअघि सम्म चर्को घामका कारण गर्मी अत्यधिक बढेको थियो। गर्मीका कारण केही सहभागी अचेत भएपछि एम्बुलेन्समार्फत अस्पतालसमेत लगिएको बताइएको छ।

वर्षा सुरु भएपछि वातावरण केही सहज बनेको सहभागीहरूले बताएका छन्। महाधिवेशन स्थलमा ठूलो संख्यामा कार्यकर्ता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्