रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापामाथि हुटिङ
काठमााडौं, ७ असार । चितवनको भरतपुरस्थित गेस्ट हाउसमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा उपस्थित हुँदा कार्यकर्ताहरूले हुटिङ गरेका छन्।
कार्यक्रममा रास्वपा प्रवक्ता मनिष झाले सभापति थापालाई मञ्चमा स्वागत गरेका थिए। तर उनी कार्यक्रम स्थल प्रवेशदेखि मञ्चसम्म पुग्दासम्म केही सहभागीहरूले हुटिङ गरेका थिए।
महाधिवेशनमा हालसम्म पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख बालेन शाह भने पुगेका छैनन्।
यसअघि नै मञ्चमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमाले नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरू पुगिसकेका छन्।
महाधिवेशन चितवनमा जारी रहे पनि पार्टीका शीर्ष नेतृत्वको उपस्थितिले कार्यक्रमलाई राजनीतिक रूपमा थप चासोको केन्द्र बनाएको छ।









प्रतिक्रिया दिनुहोस्