कांग्रेस सभापति गगन थापा चितवन पुगे, रास्वपा महाधिवेशन उद्घाटनमा सहभागी हुने

काठमााडौं, ७ असार । नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्। उनी केहीबेरअघि भरतपुर विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा उनलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।

थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन्। महाधिवेशनको उद्घाटन कार्यक्रम केहीबेरपछि भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजना हुँदैछ।

रास्वपाको पहिलो महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्