रास्वपा महाधिवेशन आजदेखि सुरु, केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने
काठमााडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनबाट आगामी केन्द्रीय समिति चयन गरिनेछ।
महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुने निश्चित भएको छ। आकांक्षीहरूको संख्या धेरै भएकाले प्रतिस्पर्धामार्फत केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढाइने भएको हो।
संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समितिमा १५८ जना सदस्य रहने व्यवस्था गरिएको छ। तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ। बाँकी सात प्रदेशका प्रदेश सभापतिहरू स्वतः पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहने प्रावधान रहेको छ।
पार्टी स्रोतका अनुसार सभापतिले मनोनीत गर्ने ५१ जनामा केन्द्रीय सदस्य निर्वाचनमा पराजित भएकालाई समेत समेट्न सकिने व्यवस्था रहेको छ। यसले संगठनात्मक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका छन्। आगामी तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र संगठनात्मक संरचना निर्धारण गर्नेछ।













प्रतिक्रिया दिनुहोस्