राप्रपा अध्यक्ष लिङ्देन रास्वपा महाधिवेशन उद्घाटनमा सहभागी हुन चितवन पुगे
काठमााडौं, ७ असार । राजेन्द्र लिङ्देन आइतबार बिहान चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन्।
महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको छ। आजदेखि रास्वपाको पहिलो महाधिवेशन औपचारिक रूपमा सुरु हुँदैछ।
रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू तथा विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्