चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु, बालेन शाह चितवन प्रस्थान

काठमााडौं, ७ असार । चितवनको भरतपुरमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन बालेन शाह परिवारसहित चितवनतर्फ प्रस्थान गरेका छन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनका लागि उडेका हुन्। उनीसँग उनकी श्रीमती र छोरी पनि रहेका छन्। जहाजमा सवार यात्रुहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको बताइएको छ।

उक्त उडानमार्फत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि चितवन जाँदै रहेका छन्।

रास्वपाले महाधिवेशनका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरेको जनाएको छ। महाधिवेशनमा पार्टीको भावी नीति, संगठन विस्तार तथा राजनीतिक रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्