कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने वामदेव गौतमको दाबी, आगामी निर्वाचन कम्युनिस्टकै नेतृत्वमा हुने
काठमाडौं, असार ५ — वामदेव गौतम ले नेपालका कम्युनिस्ट शक्तिलाई पुनः एकताबद्ध गर्ने दाबी गरेका छन्।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले कम्युनिस्ट एकताका लागि आवश्यक सबै प्रयास गरिने बताए।
उनले भने, “जे गर्दा सबैलाई मिलाउन सकिन्छ, त्यही गर्ने हो, गरिन्छ । र, पार्टी एउटा बनाइन्छ ।”
गौतमले आगामी निर्वाचनमा पनि कम्युनिस्ट शक्तिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरे। उनका अनुसार आगामी चुनाव कम्युनिस्ट नेतृत्वको हुने र त्यसपछि देशमा समाजवाद निर्माणको अभियानलाई तीव्रता दिइनेछ।
“अबको निर्वाचन कम्युनिस्ट पार्टी नेतृत्वको निर्वाचन हुन्छ,” उनले भने, “हामी समाजवाद निर्माण गरेर देखाउँछौं र आगामी १० वर्षभित्र देशलाई विकसित राष्ट्रको दाँजोमा पुर्याउँछौं।”
उनको भनाइलाई कम्युनिस्ट आन्दोलनभित्र पुनः एकता र सहकार्यको प्रयासका रूपमा हेरिएको छ। यद्यपि विभिन्न कम्युनिस्ट दलहरूबीचको एकताको सम्भावना र स्वरूपबारे भने हालसम्म कुनै औपचारिक सहमति सार्वजनिक भएको छैन।









प्रतिक्रिया दिनुहोस्