चितवनमा रास्वपाको प्रथम महाधिवेशन उद्घाटनमा राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गते चितवनको भरतपुरमा आयोजना गर्न लागेको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन्।

रास्वपाले दिउँसो १ बजे हुने उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि आमन्त्रण गरेको जनाएको छ।

रास्वपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन समारोहमा उपस्थित भई शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। उनले भने, “सत्तारूढ रास्वपाको असार ७ गते चितवनमा हुने प्रथम महाधिवेशन उद्घाटन समारोहमा पार्टीको तर्फबाट शुभकामना दिन र सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुनेछ।”

कार्यक्रममा अन्य दलका नेताहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्