राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडासहित नेताहरूले पार्टी त्यागे

काठमाडौं, असार ५ — राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिंखडा सहित केही नेताहरूले पार्टी परित्याग गरेका छन्।

राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको निष्कर्षसहित उनीहरूले शुक्रबार संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टी त्यागपछि अध्यक्ष सिंखडाले जारी गरेको वक्तव्यमा राप्रपामा रहँदा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण अग्रज नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।

‘राप्रपामा रहेर काम गर्दा लामो समयसम्म साथ सहयोग दिनुहुने सम्पूर्ण अग्रज नेताज्यूहरूमा हार्दिक नमन गर्दै काठमाडौं जिल्लाका तमाम साथीहरूले ममाथि गरेको विश्वासप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले बताएका छन्।

सिंखडाले आफूहरू अब कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा रहने पनि जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्