कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग भएको घोषणा

काठमााडौं , ४ असार ।  कृष्णबहादुर महराले करिब ४८ वर्षको सक्रिय राजनीतिक यात्राबाट अलग भएको घोषणा गरेका छन्।

जन्मदिनको अवसरमा आज जारी विज्ञप्तिमा महराले स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट बिदा लिने निर्णय गरेको उल्लेख गरेका छन्। उनले अब पार्टीको साधारण सदस्यका रूपमा मात्र रहने स्पष्ट पारेका छन्।

महराले आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै लामो समयदेखिको अस्वस्थताका कारण सक्रिय भूमिकाबाट पछि हट्न बाध्य भएको बताएका छन्।

७० वर्षको उमेरमा प्रवेश गर्दै उनले राजनीतिक जीवनमा सहयोग गर्ने सबैप्रति ऋणी रहने उल्लेख गर्दै भविष्यमा सक्रिय जिम्मेवारी नलिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्