इ-पासपोर्ट खरिद प्रकरण : आरजु राणा देउवालाई अख्तियारको बयानका लागि बोलावट
काठमााडौं , ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरजु राणा देउवालाई इ-पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानका लागि बयान दिन उपस्थित हुन निर्देशन दिएको छ।
आयोगले उनलाई तीन दिनभित्र हाजिर हुन भन्दै मंगलबार बूढानीलकण्ठस्थित देउवा निवासमा सूचना टाँस गरेको हो। अनुसन्धानका लागि टोली त्यहाँ पुगेको र कानुनी प्रक्रिया अनुसार म्याद तामेल गरिएको जनाएको छ।
सूचना टाँस गरिएको उक्त निवास २०८२ भदौ २४ मा जेनजी आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको थियो र हाल भत्काउने काम भइरहेको छ। त्यसै घरको एक कुनामा सूचना टाँसिएको हो।
जेनजी आन्दोलनपछि देउवा परिवार महाराजगञ्जमा भाडाको घरमा बस्दै आएको र अहिले उपचारका लागि विदेशमा रहेको जनाइएको छ।
बूढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले उनलाई सम्पर्क गरेर इ-पासपोर्टसम्बन्धी अनुसन्धानका लागि बयानका लागि बोलाइएको जानकारी गराएको छ।
अख्तियारले इ-पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आशंकामा अनुसन्धान अघि बढाएको बताइएको छ।









प्रतिक्रिया दिनुहोस्