तारिखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
काठमााडौं , ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिख बुझाउन काठमाडौं जिल्ला अदालत पुगेका छन्।
उनको सचिवालयका अनुसार रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार बिहीबार दिउँसो लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका हुन्।
लामिछानेमाथि सहकारी बचत रकम अपचलनसम्बन्धी मुद्दा विचाराधीन छ। सोही मुद्दासँग सम्बन्धित कानुनी प्रक्रियाअन्तर्गत उनी तारिखका लागि अदालत उपस्थित भएका हुन्।
सचिवालयले जारी गरेको जानकारीमा रूपन्देही जिल्ला अदालतको अनुमति प्राप्त भएपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएको उल्लेख गरिएको छ।









प्रतिक्रिया दिनुहोस्