मनसुन तयारीबारे राष्ट्रिय विपद् प्राधिकरणको बैठक, गृहमन्त्री गुरुङ सहभागी

काठमााडौं , ४ असार । मनसुन सुरु हुन लागेका बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को बैठक बसेको छ।

बैठकमा सुधन गुरुङ सहभागी छन्। साथै गृहसचिव राजकुमार श्रेष्ठ तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको छ।

बैठकमा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा छलफल भइरहेको बताइएको छ। आगामी केही दिनभित्र मनसुन सुरु हुने अनुमान रहेकाले सम्बन्धित निकायहरूको तयारी अवस्था र समन्वयका विषयमा पनि समीक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्