हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने : उद्योगमन्त्री
काठमाडौं, असार ३ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने बताएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कुमारीले उद्योग सञ्चालनसँगै कपास खेतीलाई पनि सँगसँगै अघि बढाइने बताइन्।
उनका अनुसार रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ पुनः सञ्चालनमा ल्याइनेछ भने कपडा तथा धागो उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न कपास खेतीलाई समेत विस्तार गरिनेछ।
मन्त्री कुमारीले हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग दुवै यसै वर्ष सञ्चालनमा ल्याउने सरकारको योजना रहेको स्पष्ट पारिन्।
यसैगरी उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य पनि अघि बढिसकेको जानकारी दिएकी छन्।





प्रतिक्रिया दिनुहोस्