सुकुम्बासी पुनर्वास तत्काल गर्न हर्कराज राईको सरकारसँग माग
काठमाडौं, असार ३ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर विस्थापित भएका सुकुम्बासीहरूको तत्काल पुनर्वास व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले डोजर अभियानका कारण विस्थापित भएका सुकुम्बासीहरू अहिले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको भन्दै तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।
उनले सुकुम्बासीलाई उनीहरू पहिले बसेकै स्थानमा सिटी प्लान गरेर व्यवस्थित रूपमा पुनर्वास गर्न सकिने सुझाव पनि दिए।
राईले सरकारले सहर व्यवस्थापनका नाममा छुट्याएको बजेटलाई सुकुम्बासी पुनर्वासमै उपयोग गर्नुपर्ने बताएका छन्।
यसैबीच, उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा सम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट नहटेसम्म संसदमा आफ्नो विरोध जारी रहने चेतावनी पनि दिएका छन्।





प्रतिक्रिया दिनुहोस्