मन्त्री अनुपस्थितिको विषय उठेपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
काठमाडौं १, असार । नेकपा एमालेका सांसद राजेन्द्र राई ले सम्बन्धित मन्त्रालयका मन्त्रीहरू उपस्थित नभएसम्म आफ्नो धारणा नराख्ने अडान लिएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
राई बोल्न रोस्ट्रममा पुग्दा संसदमा दुई जना मन्त्री मात्र उपस्थित रहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए। नौ मन्त्रालयसँग सम्बन्धित छलफल चलिरहेका बेला अधिकांश मन्त्री अनुपस्थित रहेको उनको भनाइ थियो।
उनले सभामुखसमक्ष मन्त्रीहरूको अनिवार्य उपस्थितिको माग गर्दै, मन्त्रीहरू उपस्थित नभएसम्म आफू नबोल्ने बताए।
सभामुख डोलप्रसाद अर्याल ले केही मन्त्रीहरू बैठकमै रहेको उल्लेख गर्दै धारणा राख्न आग्रह गरे पनि राईले अस्वीकार गरेका थिए।
त्यसपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।





प्रतिक्रिया दिनुहोस्