मन्त्रीको अभिव्यक्तिप्रति आलोचना, बोलीमा लगाम लगाउन कांग्रेस उपसभापति शर्माको आग्रह

बाठमाडौं १, असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुपर्ने बताएका छन्।

पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङमा सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएको प्रसंगप्रति लक्षित गर्दै उपसभापति शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्।

आज दिउँसो सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले भने, ‘हामी यस्तै समाजतर्फ जाँदैछौं? यदि जाँदै छैनौं भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस् प्रधानमन्त्रीज्यू।’

शर्माले सरकारी पदमा रहेका व्यक्तिहरूको भाषा र व्यवहार जिम्मेवार हुनुपर्ने भन्दै यस्ता अभिव्यक्तिले गलत सन्देश जाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्