सांसद रेनुका काउँचाको कटाक्ष: ‘प्रधानमन्त्री बालेन शाह फेरि आएर म त जिस्केको पो थिएँ भन्न सक्नुहुन्छ’
बाठमाडौं १, असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेकी छन्।
सोमबार संसद् बैठकमा बोल्दै काउँचाले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने विषय उठेपछि प्रधानमन्त्री संसदबाट बेपत्ता भएको दाबी गर्दै उनको खोजी गरेकी हुन्।
उनले भनिन्, “हामीले पनि भारतको सीमा मिचेका छौं भनेर संसदबाट बेपत्ता हुनुभएका प्रधानमन्त्री वालेन्द्र शाहज्यू कता हुनुहुन्छ कुन्नी? थाहा छैन, फेरि कुन दिन अचानक आएर ‘म त जिस्केको पो थिएँ’ भन्नुहोला।”
सांसद काउँचाको उक्त अभिव्यक्ति प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गरेको टिप्पणीप्रति लक्षित रहेको बुझिएको छ। शाहले फेसबुकमा “साताभरि काम गरेर बिदाको दिन जिस्कन्छु” लेखेका थिए।
प्रधानमन्त्रीको उक्त सामाजिक सञ्जाल पोस्ट र त्यससँग जोडिएका सार्वजनिक प्रतिक्रियाबीच सांसद काउँचाले संसद्मा कटाक्षपूर्ण टिप्पणी गरेकी हुन्। उनका भनाइले संसद्मा केही समय चर्चा पनि पाएको थियो।





प्रतिक्रिया दिनुहोस्