योगेश भट्टराईको दाबी : ‘एमाले पुनर्गठन हुन्छ, फुट्दैन र टुट्दैन’
बाठमाडौं १, असार । योगेश भट्टराईले नेकपा एमाले पुनर्गठनको प्रक्रियामा जाने बताएका छन्। उनले पुनर्गठन भए पनि पार्टी नफुट्ने र नटुट्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले लेखेका छन्, “ढुक्क रहनुहोस्। लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ। फुट्ने छैन। टुट्ने छैन।”
उनले पुनर्गठनले पार्टीभित्र थप एकता र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पुनर्गठनपछि सबै पक्षबीच समझदारी बढ्ने, सबैको सम्मान हुने र पार्टी अझ सुदृढ बन्नेछ।
भट्टराईले अगाडि लेखेका छन्, “सबै मिल्ने छन्। थप एकताबद्ध हुनेछन्। सबैको सम्मान हुनेछ। मति सुध्रने छ। गति बढ्ने छ।”
उनको उक्त अभिव्यक्ति पछिल्लो समय एमालेभित्र संगठनात्मक सुधार, नेतृत्व व्यवस्थापन तथा पार्टीको भावी दिशाबारे भइरहेका बहसका बीच आएको हो। भट्टराईको भनाइलाई पार्टी पुनर्गठन र आन्तरिक एकतालाई जोड दिने सन्देशका रूपमा हेरिएको छ।





प्रतिक्रिया दिनुहोस्