दुर्गा प्रसाईंको दाबी : डेढ वर्षमा १४ पटक हिरासत, एक वर्षजति जेलमै बिताएको
काठमाडौं ३१ जेष्ठ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेर धवल शम्शेर राणासँग मिलेर नयाँ पार्टी गठनको तयारीमा रहेका दुर्गा प्रसाईंले डेढ वर्षको अवधिमा आफू १४ पटकसम्म हिरासतमा पुगेको दाबी गरेका छन्।
जमलमा आयोजित प्रस्तावित राष्ट्रवादी शक्ति निर्माणसम्बन्धी कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा करिब एक वर्ष जेल तथा हिरासतमा बिताउनुपरेको बताएका हुन्।
प्रसाईंका अनुसार विभिन्न समयमा पक्राउ परेर हिरासतमा बस्नुपरेको र ११ पटक बन्दी प्रत्यक्षीकरण (हैबियस कोर्पस) मार्फत छुटिसकेको उनको दाबी छ।
उनले कुनै गैरकानुनी काम नगरेको र आफूले लुक्नुपर्ने अवस्था नभएको पनि बताएका छन्।
कार्यक्रममा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिलविकास राजभण्डारीलगायत नेताहरूलाई कारबाही गरेको विषय पनि उठाए।
उनका अनुसार आफ्नै पार्टी कार्यालय रहेको घरका व्यक्तिलाई नै कारबाही गरिएको भन्दै उनले असन्तुष्टि जनाए। उनले दिलविकास र धवल शम्शेर राणालाई राप्रपाका लागि महत्वपूर्ण व्यक्ति भएको टिप्पणीसमेत गरेका छन्।





प्रतिक्रिया दिनुहोस्