एमालेको संविधान पुनरावलोकन कार्यदलको बैठक सुरु

काठमाडौं ३१ जेष्ठ । नेकपा (एमाले) ले गठन गरेको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आजदेखि सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा संविधान संशोधन तथा पुनरावलोकनसम्बन्धी सुझावहरूबारे छलफल भइरहेको छ।

कार्यदलको संयोजकमा विष्णु पौडेल रहेका छन्। सदस्यहरूमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र डा. राजेन्द्र घिमिरे रहेका छन्।

बैठकमा संविधानका विभिन्न पक्ष, सुधार आवश्यक क्षेत्र र पार्टीको आगामी धारणा निर्माणबारे छलफल भइरहेको बताइएको छ।

कार्यदलले तयार गर्ने सुझाव प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइने र त्यसका आधारमा आगामी राजनीतिक बहस तथा नीतिगत निर्णय अघि बढाइने एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्