परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा, बेइजिङ पुगे
काठमाडौं ३१ जेष्ठ । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमणका क्रममा आज बेइजिङ पुगेका छन्। उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा गएका मन्त्री खनालले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।
आजै मन्त्री खनालले बेइजिङमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहयोग विस्तार गर्ने तथा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
यसै अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम रहेको छ।





प्रतिक्रिया दिनुहोस्