एमालेलाई थप एकताबद्ध बनाउन पुनर्गठन सफल बनाउनुपर्ने : योगेश भट्टराई
काठमाडौं ३१, जेष्ठ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले पार्टीलाई थप एकताबद्ध बनाउन पुनर्गठनको कार्यभार सफल बनाउनुपर्ने बताएका छन्।
पार्टी पुनर्गठनको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली ले पुनर्गठन पक्षधरहरूलाई पार्टी फुटाउने प्रयासमा रहेको संकेत गरेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
‘नेकपा एमालेलाई थप एकताबद्ध बनाऔं, पार्टी पुनर्गठनको कार्यभारलाई सफल बनाऔं,’ भट्टराईले लेखेका छन्।
यसअघि शनिबार गुण्डुमा आयोजित नेता–कार्यकर्तासँगको भेटघाटमा अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल प्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूबाट पार्टी विभाजनको जोखिम हुनसक्ने बताएका थिए।
बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले छलफल सम्पन्न गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीलाई गुण्डुमा बोलाएका थिए। उक्त भेटमा उनले पुनर्गठन कार्यदलको बैठकमा भएका छलफल र गतिविधिबारे जानकारी लिएका थिए।





प्रतिक्रिया दिनुहोस्