काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

 

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा बम प्रहार भएको छ ।

चुनावी कार्यक्रममा भाग लिएर तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा आज तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो ।
बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न आउँदै हुनुहुन्थ्यो । नेता पौडेललाई कुनै चोटपटक लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्