एमाले सांसद कँडेलको आरोप: बुढीगण्डकी जलविद्युत आयोजना पन्छाउन खोजियो
जेष्ठ, २९ काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दल नेकपा (एमाले) का सांसद डा. पुष्पराज कँडेलले बुढीगण्डकी जलविद्युत आयोजनालाई बजेटमार्फत पन्छाउन खोजिएको आरोप लगाएका छन्।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले आयोजना सम्बन्धी वित्तीय व्यवस्थापनको स्पष्ट खाका नआएको भन्दै आपत्ति जनाए।
कँडेलले बजेटमा बुढीगण्डकीलाई कहिले प्राधिकरण मोडल र कहिले समितिमार्फत अघि बढाउने कुरा दोहोरिरहँदा पनि ठोस कार्यान्वयन योजना नदेखिएको टिप्पणी गरे। उनका अनुसार आयोजनाको वित्तीय संरचना र कार्यान्वयन प्रक्रिया स्पष्ट नभएकाले सरकारले यसलाई “पन्छाउने प्रयास” गरेको देखिन्छ।
उनले पूँजीगत खर्च वृद्धि गर्ने ठोस रणनीति पनि बजेट वक्तव्य र विनियोजन विधेयक दुवैमा नसमेटिएको भन्दै समग्र बजेटमाथि असन्तुष्टि जनाए।





प्रतिक्रिया दिनुहोस्