सभामुखले सरकारको प्रतिरक्षा गर्नु उचित नभएको शंकर पोखरेलको टिप्पणी

जेष्ठ, २९ काठमाडौं । शंकर पोखरेलले सभामुखले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा गर्दै विपक्षीसँग प्रत्यक्ष बहसमा उत्रिनु उचित नहुने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्थामा सांसदहरू नै बहस र प्रतिवादका मुख्य पात्र हुने उल्लेख गरेका छन्।

पोखरेलले लेखेका छन्, “सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन्।”

उनको भनाइ संसदको मर्यादा, सभामुखको तटस्थ भूमिका तथा संसदीय अभ्याससँग सम्बन्धित बहसका बीच आएको हो। उनले सभामुखले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्नुपर्ने संकेत गर्दै संसदीय प्रक्रियामा सांसदहरूलाई नै आफ्नो पक्ष राख्ने जिम्मेवारी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्