गृहमन्त्री सुधन गुरूङ माइतीघर पुगेर आन्दोलनरत पक्षसँग भेट, माग सम्बोधनको आश्वासन
जेष्ठ, २८, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले माइतीघर मण्डलामा विभिन्न माग राखेर धर्नामा बसेका प्रदर्शनकारीहरूसँग भेट गरेका छन्।
बिहीबार दिउँसो करिब पौने ४ बजे उनी माइतीघर पुगेका थिए। त्यहाँ पुगेर मन्त्री गुरूङले आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
माइतीघरमा हाल जबरजस्ती करणीका पीडितसहित विभिन्न समूहले प्रदर्शन गरिरहेका छन्। उनीहरूले न्याय, संरक्षण र राज्यको ध्यानाकर्षणका लागि धर्ना दिइरहेका छन्।
त्यसैगरी, चुरे संरक्षण, सरकारी कोठा खाली गर्नुपर्ने लगायतका विविध माग राखेर पनि विभिन्न समूहले प्रदर्शन गरिरहेका छन्।
मन्त्री गुरूङले सबै सरोकारका विषयलाई गम्भीरतापूर्वक लिई समाधानका लागि प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।





प्रतिक्रिया दिनुहोस्