विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख : डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताएका छन् । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ ।

बिराटनगरस्थित आफ्नो निजि निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, पा्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।’

कांग्रेस पनि विकास र समृद्धिको पक्षमा रहेको उनले बताए । तर, विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने उनले बताए ।

मन्त्रीहरुमा अनुगमन गर्ने होड चलेको भन्दै उनले उनीहरुलाई ‘अनुगमन मन्त्री’को संज्ञा दिए । मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्