प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिका लागि माफी माग्नुपर्छ : नेकपा सांसद हमाल
जेष्ठ, २७ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले मुलुकको सीमा र भू–अखण्डताजस्तो संवेदनशील विषयमा संसद विभाजित हुनुपरेको अवस्थालाई दुर्भाग्यपूर्ण बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भू–अखण्डताविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाए।
‘छातीमा नेपालको नक्सा लगाएर नेपालको सीमाको सन्दर्भमा विभाजित भएर बहस गर्नुपर्दा मन गह्रुङ्गो भएको छ,’ हमालले भने।
उनले विश्वका कुनै पनि सत्तासीन नेताले आफ्नो देशको सीमासम्बन्धी विषयमा यस्ता अभिव्यक्ति नदिने भन्दै प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाए।
सांसद हमालले प्रधानमन्त्री शाह स्वयं संसदको रोष्ट्रममा उपस्थित भएर आफ्नो अभिव्यक्तिका लागि माफी माग्नुपर्ने माग गरे। साथै, प्रधानमन्त्रीले प्रयोग गरेका शब्दहरू संसदको आधिकारिक अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा निरन्तर बहस भइरहेको र विभिन्न प्रतिपक्षी दलहरूले त्यसबारे प्रधानमन्त्रीबाटै स्पष्टीकरणको माग गर्दै आएका छन्।





प्रतिक्रिया दिनुहोस्