प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले स्पष्ट पार्ने, संसदको अवरोध अन्त्य
जेष्ठ, २७ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्ट पार्ने भएका छन्।
प्रधानमन्त्री शाहले केही दिनअघि संसदमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने टिप्पणी गरेपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै बैठक अवरुद्ध गर्दै आएका थिए।
उक्त विवाद समाधानका लागि विपक्षी दलहरू परराष्ट्र मन्त्रीको धारणा सुन्न तयार भएका छन्। यद्यपि श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले नै संसदमा जवाफ दिनुपर्ने अडान यथावत राखेको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्रीको सट्टा परराष्ट्र मन्त्रीमार्फत स्पष्टीकरण दिन सकिने प्रस्ताव अघि सारेका थिए।
प्रारम्भमा विपक्षी दलहरूले प्रधानमन्त्रीको लिखित वक्तव्य मात्र परराष्ट्र मन्त्रीले संसदमा प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए। तर पछि रास्वपाको प्रस्तावपछि प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले प्रत्यक्ष रूपमा स्पष्ट पार्ने सहमति बनेको हो।
समझदारीपछि अवरुद्ध प्रतिनिधि सभा बैठक पुनः सञ्चालन भएको छ।





प्रतिक्रिया दिनुहोस्