गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
जेष्ठ २६ काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका सांसद हुन्।
दुवै मन्त्रीको यो सरकारमा दोस्रो प्रवेश हो।
गुरुङ यसअघि गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।
पुन भने जनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।




प्रतिक्रिया दिनुहोस्