बोल्ने अधिकार कुण्ठित भएको भन्दै रास्वपा सांसद ज्ञानु पौडेलको आपत्ति
जेष्ठ , २६ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्ञानु पौडेलले प्रतिनिधिसभा बैठकमा आफूलाई बोल्ने अवसर नदिइएको भन्दै नियमापत्ति गरेकी छन्।
पौडेलले प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण संसद् नियमित रूपमा सञ्चालन हुन नसकेको अवस्थामा जनप्रतिनिधिको बोल्ने अधिकार कुण्ठित भएको बताइन्।
उनले प्रतिनिधिसभा सदस्य सबै समान अधिकारसहित निर्वाचित हुने भएकाले सत्तापक्ष वा प्रतिपक्ष भन्दै बोल्नबाट रोक्नु उचित नभएको धारणा राखिन्।
पौडेलका अनुसार जनताका मुद्दा उठाउने जनप्रतिनिधिलाई बोल्न नदिँदा संसद् नै कमजोर बनिरहेको छ।
यसैबीच, विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादास्पद भनिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै संसद् अवरोध जारी राखेका छन्।
सभामुखको अनुमति पाएपछि पौडेलले बोलेकी थिइन्, तर त्यसक्रममा विपक्षी सांसदहरूले टेबल ठोकेर विरोध जनाएका थिए भने सत्तापक्षका केही सांसदहरूले समर्थन जनाएका थिए।
विपक्षी अवरोधका कारण पछिल्ला केही बैठकहरू कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएका छन्।




प्रतिक्रिया दिनुहोस्