राप्रपाद्वारा संसद् गतिरोध अन्त्यका लागि दुई विकल्प, प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति
जेष्ठ , २६ काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को जारी गतिरोध अन्त्यका लागि दुई विकल्प अघि सार्दै सरकार र प्रधानमन्त्रीमाथि कडा आलोचना गरेकी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP) की सचेतक ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले संसद् अवरुद्ध गरेको जस्तो देखिए पनि यसको मुख्य जिम्मेवारी सरकार र प्रधानमन्त्रीको भएको दाबी गरिन्।
उनले संसद् सुचारु गर्न दुई विकल्प प्रस्तुत गरिन्। पहिलो विकल्पमा प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने आशयमा दिएको अभिव्यक्तिलाई सत्तापक्षका सांसदहरूले हस्ताक्षर गरेर सदनबाट स्वीकार गर्नुपर्ने प्रस्ताव राखिएको छ।
दोस्रो विकल्पमा यदि उक्त अभिव्यक्ति स्वीकार्य नभए प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर आफ्नो भनाइ गलत भएको स्वीकार गर्दै माफी माग्नुपर्ने र त्यसलाई सच्याउनुपर्ने माग गरिएको छ।
ओलीले प्रधानमन्त्रीले एक कर्मचारीको सन्देशलाई लिएर सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिन सक्ने तर सीमा जस्तो संवेदनशील विषयमा स्पष्टता दिन नसक्नु प्रश्नयोग्य भएको टिप्पणी गरिन्।
उनले काठमाडौँ महानगरपालिकाका मेयर Balen Shah को अभिव्यक्तिको पनि उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने बताइन्।
त्यसैगरी उनले बीवाईडी इलेक्ट्रिक गाडीको कर छली प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा समेत राखेकी छन्।




प्रतिक्रिया दिनुहोस्