विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
जेष्ठ , २६ काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलले लगातार अवरोध कायम राखेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
सभामुख अर्यालले बैठक सञ्चालन हुन नसकेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक सारिएको जानकारी गराएका छन्।
विपक्षी दलको अवरोधका कारण आजको बैठक कार्यसूचीअनुसार अघि बढ्न सकेको थिएन। निरन्तरको अवरोधपछि संसदको कामकारबाही प्रभावित बनेको हो।
सभामुखले दलहरूबीच सहमति कायम गरी बैठक सञ्चालन सहज बनाउन आग्रह गरेका छन्।




प्रतिक्रिया दिनुहोस्