ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशन दुवैपक्षको भिडन्त

काठमाडौं । ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा सोमबार काठमाडौंमा सुरु भए संगै गुटको लडाइँ नेपाल ट्रेड युनियन कांग्रेसमा पनि मुखरित भएको छ ।
उद्घाटन सत्रमा सबै शीर्ष नेताहरु उपस्थित थिए भने अहिले नेताहरु आफ्नो गुटका लागि लबिङ गर्न आफैं महाधिवेशन स्थलमा व्यस्त छन् ।

महाधिवेशनमा वर्तमान अध्यक्ष खिलनाथ दाहाल र पुष्प आचार्यबीच काडा प्रतिष्पर्धा भएको छ । देउवा समूहबाट वर्तमान अध्यक्ष दाहाललाई सभापति शेरबहादुर देउवाको समर्थन हरको छ, भने पुष्कर आचार्यलाई वरिष्ठ नेता पौडेलको समथर्न रहेको छ । वरिष्ठ नेता पुष्कर आचायभिडेका छन् । यस संगै आचार्यलाई कृष्ण सिटौला, अजुननरसिंह केसी लगायत देउवा विरोधी सबैको समर्थन रहेको छ ।

स्रोतका अनुसार आम चुनावपछि सहमतिमा जोड दिँदै आएका महामन्त्री शशांक कोइराला पनि महाधिवेशन स्थलमा आचार्यलाई जिताउन लागी परेको देखिएको छ ।

देउवा र पौडेल समूहले ट्रेड युनियनको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । ‘ट्रेड युनियनमा कांग्रेसका रियल क्याडर छन् । यसको हार जितले अहिले चलिरहेको ध्रुविकरणको प्रयासमा ठूलो अर्थराख्छ’ ट्रेड युनियनका एक नेताले भने, ‘त्यसैले दुबै पक्ष कुनै पनि हातलमा चुनाव जित्न चाहन्छ ।’

कर्मचारी, शिक्षक, इञ्जिनियरिङको चुनाव हारेको देउवा समूह यो चुनाव जसरी पनि जित्ने प्रयासमा छ । तर, रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी लगायत सबै एक ठाउँमा आएकाले दाहालको जित त्यति सजिलो भनएको ट्रडयूनियन नेताहरु बताउँछन् । उता दाहाल समर्थकले भने आफुहरुको जित सुनिश्चित भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्