सरस्वती खड्का सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा मनोनीत

जेष्ठ, २५ काठमाडौ । सरस्वती खड्कालाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरिएको छ।

कांग्रेस संसदीय दलका नेता तथा कमलबहादुर शाहले सोमबार खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। खड्का हाल सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा समेत रहेकी छन्।

यसअघि प्रमुख सचेतक रहेका विक्रमसिंह धामीले पदबाट राजीनामा दिएपछि उक्त जिम्मेवारी खड्कालाई दिइएको हो।

यसबीच सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेरको तयारी भइरहेको बताइएको छ। स्रोतका अनुसार धामीलाई अर्थमन्त्री बनाउने सम्भावना रहेको छ। मन्त्रीमण्डल पुनर्गठनका क्रममा हालका केही मन्त्रीहरू, राज्यमन्त्री खड्कासहित, सरकारबाट बाहिरिन सक्ने चर्चा छ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड–२०८३ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारमा नयाँ मन्त्रीहरूको नियुक्ति तथा शपथग्रहण आजै हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्