नेपाली कांग्रेसले दीपक खड्कासहित ३ नेतासँग स्पष्टीकरण माग्यो
जेष्ठ, २४ काठमाडौं ।नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिले पूर्वऊर्जामन्त्रीसमेत रहेका नेता दीपक खड्कासहित तीन जनासँग स्पष्टीकरण माग गरेको छ।
समितिले पूर्वमन्त्री खड्का, संखुवासभा जिल्ला सचिव कुमार अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई पाँच दिनको समय दिँदै गत जेठ २० गते स्पष्टीकरण सोधेको हो।
अनुशासन समितिका अनुसार फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको भन्दै उजुरी परेपछि उनीहरूलाई औपचारिक रूपमा जवाफ दिन भनिएको हो।
समितिले आरोपित गतिविधिबारे स्पष्ट विवरण माग गर्दै पार्टी अनुशासनको दृष्टिकोणबाट विषयको छानबिन अघि बढाएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्