रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा हिक्मतजंग कार्की मनोनीत

जेष्ठ, २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा हिक्मतजंग कार्की लाई सदस्यमा मनोनीत गरेको छ।

पार्टीले कार्कीलाई विधान, नीति तथा विभागीय नियमावलीअनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको जनाएको छ।

कार्की अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रमा अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन्। उनले युनिभर्सिटी अफ इस्ट लन्डन बाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालय बाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक अध्ययन पूरा गरेका छन्।

उनले पोल्याण्डमा आयोजित संयुक्त राष्ट्रसंघीय वर्ल्ड अर्बन फोरम, संयुक्त राज्य अमेरिका को वासिङ्टन डीसी, न्युजिल्याण्ड तथा फिनल्यान्ड, जर्मनी, मोरक्को र बेलायतलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा भूमिका निर्वाह गरेको बताइएको छ।

सहरी विकास क्षेत्रमा समेत अनुभव भएका कार्कीले नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत नगर विकास कोषको सञ्चालक समिति सदस्यका रूपमा काम गरिसकेका छन्।

नियुक्तिपछि कार्कीले पार्टीको नीति, सिद्धान्त र नेतृत्वको मार्गदर्शनअनुसार अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्